मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा

१६ फागुन ७६, शनिबार

१७ फागुन, एजेन्सी ।
मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि गरि नसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो ।

चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमा, शुक्रबार चीन भ्रमणबाट फर्किएका उनलाई सुरक्षाका हिसाबले १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ ।

Advertisement

कोभिड–१९ को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुन् । उनी बिहीबार विदेशमन्त्री सोगबटार दामदिन र वरिष्ठ सरकारी अधिकारीहरुसँग चीन भ्रमणमा आएका थिए।

राष्ट्रपति खल्तमाले चिनियाँ समकक्षी सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top