मलेसियाका नवनियुक्त प्रधानमन्त्री यसिनद्वारा सपथ ग्रहण

१७ फागुन ७६, आइतबार

१८ फागुन, एजेन्सी । मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहयिद्दिन यसिनले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार बिहान मलाय नेसनालिस्ट पार्टीका नेता यसिनलाई मलेसियाको राजदरबारमा राजाले प्रधानमन्त्रीको सपथ खुवाएका हुन् ।

मलेसियाको संविधानअनुसार राजाले २ सय २२ सदस्यीय तल्लो सदनमा बहुमत कायम गर्न सक्ने नेतालाई प्रधानमन्त्रीको सपथ खुवाउन सक्छन् ।

गत साता प्रधानमन्त्रीबाट राजीनामा दिएका ९४ वर्षीय नेता महाथिर मोहम्मदले यसिनले संसदमा बहुमत पुर्‍याउन नसक्ने बताएका छन्। संसदमा आफ्नो समूहको बहुमत रहेको महाथिरको दाबी छ । तर दरबारले महाथिरको उक्त दाबीलाई पत्याएन र यसिनलाई प्रधानमन्त्री बनायो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top