महिला हिंसा अन्त्यमा ध्यान दिन आग्रह : प्रतिवेदन

७ चैत ७४, बिहीबार

काठमाडौँ, चैत ८
विपद् एवं विपद्पछिको समयमा यौनजन्य तथा लैङ्गिक हिंसा रोकथाम गर्न विशेष रुपमा सबै निकायले ध्यानदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसका लागि कानुनी संरचना तथा अन्य संरचनालाई सुदृढ बनाउँदै लैजान र विपद् एवं यसपछिका समयमा महिलालाई राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा उच्च प्राथमिता दिनसमेत सुझाव दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी, स्विडिस रेडक्रस र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा ‘विपद्मा लैङ्गिक समानता र यौनजन्य तथा लैङ्गिक हिंसाबाट संरक्षणसम्बन्धी प्रभावकारी कानून नीति’ सम्बन्धी आज सार्वजानिक प्रतिवेदनमा लैङ्गिक हिंसा अन्त्यका लागि बनेका कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न जोडसमेत दिइएको छ ।

नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार विस २०७२÷०७३ मा बलात्कार एक हजार ८९, बलात्कार मुद्दा, मानव बेचबिखन १२१, बालविवाह २२ र घरेलु हिंसा नौ हजार ३९८ दर्ता भएका थिए ।

Advertisement

सो अध्ययनमा विशेषगरी २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछिका समयमा भएका यौनजन्य तथा लैङ्गिक हिंसाका बारेमा अध्ययन गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सार्वजानिक गरे । प्रतिवेदनमा यौनजन्य तथा लैङ्गिक हिंसाको संरक्षणसम्बन्धी कानून, नीति र संरचना, ती संरचनामा विपद्लाई सम्बोधन, विपद् जोखिम व्यवस्थाापन प्रणालीमा लैङ्गिक समानता, यौनजन्य तथा लैङ्गिक हिंसा अन्त्य तथा सुझाव दिइएको छ ।

सो अवसरमा मन्त्री थापाले राजनीतिक रुपमा प्राप्त महिलाका हकअधिकारलाई व्यावहारिक रुपमा उपयोग गर्न सक्ने बनाउन अझै सामूहिक प्रयासको खाँचो रहेको बताईन् । उनले भनिन्, “विपद् र यसपछिका समयमा आउन सक्ने महिला हिंसालाई रोक्न सरकार प्रतिबद्ध छ, यस कार्यलाई प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा ल्याइनेछ ।”

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भूकम्प पछिका सोसाइटीले राहत, पुनःस्थापना तथा पुनः निर्माण कार्यमा महिला सहभागीलाई उच्चप्राथमिता दिँदै विपद्जस्तो संवदनशील समयमा महिला हिंसा तथा यौन हिंसाका घटना हुन नदिन सोसाइटी सचेतपूर्वक काम गरिरहेको चर्चा गरे ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले सोसाइटीद्वारा सञ्चालन भएका पुनः निर्माण कार्यमा महिला सहभागीलाई उच्च प्राथमिता दिइएको बताए ।

सो अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजाकिमले सन् २०१५ मा रेडक्रसको अन्तर्राष्ट्रिय सम्मेलनले लैङ्गिक समानताको क्षेत्रमा काम गर्न स्पष्ट बाटो देखाएको बताए ।

कार्यक्रममा सांसद पुष्पा भुषालले महिला हिंसा अन्त्यका लागि प्रशस्त कानुनी संरचना भए पनि व्यावहारिक रुपमा कार्यान्वयको अवस्था फितलो रहेको उल्लेख गरिन् । सहसचिवद्वय सुरेश अधिकारी र राधिका अर्यालले महिला हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिता दिएको बताईन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top