×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै

२१ फाल्गुन २०७६

२१ फागुन, कैलाली ।

कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको हो । सीमा स्तम्भ मर्मतका लागि नेपाली टोलीमा सर्वेक्षण टोली नं ४ का नापीप्रमुख सुदर्शन सिंह धामीको नेतृत्वमा छ जनाको टोलीले काम शुरु गरेको छ ।

Advertisement
Advertisement

उता, भारततर्फ भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोलीले संयुक्त रुपमा काम थालेको छ । सीमा स्तम्भ स्तरोन्नतिका लागि कैलालीको भजनी नगरपालिकाअन्तर्गत ७०९ मुख्य पिलरका सहायक पिल्लर १, २, ३, ४, ५, ६, ७ र ८ नं र टीकापुर नगरपालिकाअन्तर्गत ७०३ मुख्य पिल्लरका सहायक पिल्लर १, २, ३ र ४ को स्तरोन्नति भइरहेको नापी प्रमुख सुदर्शन सिंह धामीले बताए ।

‘बिजोर पिल्लर हामीले बनाइरहेका छौँ, जोर पिल्लर भारतले बनाउने गरेको छ’, नापीप्रमुख धामीले भने, ‘नेपालले बनाउने पिल्लर स्तरोन्नतिको खर्च नेपालले र भारतले बनाउने पिल्लरको स्तरोन्नतिको खर्च भारतले नै गर्ने गरेको छ ।’ ‘हामीले संयुक्त सर्वेक्षण गरेर काम गरिरहेका छौँ’, धामीले भने, ‘असमान खालका पिल्लर पनि समान खालका बनाउन थालेका छौँ । अब जेठ महिनासम्म काम सक्ने योजना छ ।’ उनले पुराना पिल्लर साना आकारका भएकाले बर्सातमा बाढी र कटानले हराउने समस्या हुन थालेपछि स्तरोन्नति आवश्यक भएको बताए । स्तम्भ सुरक्षित भएमा सीमामा प्रहरीलाई सुरक्षा गर्न सहज हुने धामीले बताए ।

नापी टोलीले नदीमा रहेका पिल्लर भने अहिले मर्मत नगर्ने भएको छ । नेपाल–भारतका १३ सीमा स्तम्भ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । टीकापुर नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रका १३ सीमा स्तम्भ (पिल्लर) हरु कर्णाली र मोहना नदीको कटानमा परेका छन् । नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा जम्मा ३१ सीमा पिल्लर छन् त्यसमा १३ वटा विगत केही वर्षदेखि नदीमा आउने बाढी र कटानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । ती पिल्लरका लागि थप सर्भे आवश्यक रहेको धामी बताउँछन् ।

खक्रौलास्थित बोडर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जोर अङ्कका पिल्लर भारतले र बिजोर अङ्कका पिल्लरको नेपालले स्तरोन्नति गर्ने कार्य गरिरहेको बताए । टीकापुर नगरपालिकाको क्षेत्रमा मुख्य पिल्लरहरु ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५ र ७०६ मुख्य सीमा पिल्लर रहेकामा ७०१, ७०३ र ७०६ मुख्य सीमा पिल्लरहरु अहिले कर्णाली र मोहना नदीमा परेका छन् ।

Advertisement
Advertisement

यस्तै सहायक सीमा पिल्लरमा ७०२/२, ७०२/३, ७०२/४, ७०२/५, ७०२/६, ७०२/७, ७०४/३, ७०४/४, ७०४/६, ७०५/३ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । ‘विगत केही वर्षदेखि नदीमा आउने बाढी पछिको कटानका कारण सीमा पिल्लर नदीमा परेका छन्’, टीकापुर नगरपालिका–८ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले भने, ‘हाल नदीले कटान गरेका सीमा पिल्लरलाई सर्वे नक्शाले देखाएअनुसार प्रहरीले सुरक्षा गरिरहेको छ ।’–दुर्गा देवकोटा/ रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top