इटलीमा एक करोड ६० लाख मानिस अनिवार्य क्वारन्टीनमा बस्नु पर्ने

२४ फागुन ७६, आइतबार

२५ फागुन, एजेन्सी ।
कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन्।

उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।

Advertisement

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन्। कोभिड(१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ। सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो।

Advertisement

एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्। भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ। त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन्।

यसअघि उत्तरी भेगमा क्वारन्टीनका कारण झन्डै ५०,००० मानिस प्रभावित भएका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top