घाँस काट्न गएकी महिला मृतावस्थामा फेला

२५ फागुन ७६, सोमबार

२६ फागुन, डोटी ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top