बेलबारी र इनरुवामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

२५ फागुन ७६, सोमबार

२६ फाल्गुन, बिराटनगर । सुनसरी र मोरङका २ स्थानमा आइतवारसाँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

आइतबार साझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको इनरुवा नगरपालिका ६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ।

Advertisement

आइतवार राती बेलवारी ९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका १० का २८ बर्षीय तेजबहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top