बालाजुमा बन्द कोठाभित्र रामराजामाथि तेजाब प्रहार, श्रीमती प्रहरी नियन्त्रणमा

Share this
748shares

२७ फागुन, काठमाडौं । बालाजुमा बन्द कोठामा सुतिरहेका एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ ।

Advertisement

गए राति करिव १२ बजे नुवाकोट घर भई तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको हो । डेरामा उनी आफ्नी श्रीमती र चार महिने बच्चासँगै बस्ने गर्थे।

गए राति पनि कोठाको झ्याल ढोका लगाएर सबै सँगै सुतेका थिए। तर राति उनको अनुहार र हातमा तेजाब प्रहार भएको छ । महानगरीय प्रहारी वृत्तका डिएसपी रंजितसिंह ठाकुरका अनुसार सबै झ्याल ढोका लगाएर सुतेका बेला उनी माथि तेजाब प्रहार भएको हो।

Advertisement

तेजाव प्रहार श्रीमतीले नै गरेको हुनसक्ने आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिइएको समेत उनले बताए । उक्त घरका घरबेटीले पनि आएको धेरै दिन नभए पनि श्रीमान–श्रीमती सधैजसो झैझगडा गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

थापाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । डिएसपी राठोरका अनुसार हात र अनुहार तेजाबले जलेको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top