माइक्रोसफ्ट सञ्चालक समितिबाट बाहिरिए बिल गेट्स

३० फागुन ७६, शनिबार

१ चैत्र, एजेन्सी ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिएका छन् ।

परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने अभिप्रायले उनले कम्पनीको बोर्डबाट बाहिर निस्कन चाहेको बताएका छन् । माइक्रोसफ्टले बिल गेट्सले राजीनामा दिएको औपचारिक घोषणा गरेको छ ।

विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तनको सम्बन्धित कुरामा ध्यान दिन चाहेको बिल गेट्सको भनाई छ।

Advertisement

माइक्रोसफ्टका तर्फबाट भनिएको छ कि गेट्स वैश्विक स्वास्थ्य र शिक्षाका लागि धेरै काम गर्न चाहन्छन् र यसका लागि उनले कम्पनीको जिम्मेबारीबाट मुक्त हुन चाहेका थिए ।

तर उनी माइक्रोसफ्टको सीईओ सत्या नडेलासँग सल्लाहकारका रुपमा काम गर्ने छन् । गेट्सले सन १९७५ मा पल अलेनसँग मिलेर यो कम्पनी निर्माण गरेका थिए र उनी सन २००० सम्म यसका सीईओ थिए ।

Advertisement

गेट्सको राजीनामापछि कम्पनीको वोर्डमा १२ सदस्य रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top