कोरोनाको त्रासका बीच डेंगी रोग फैलियो, प्रदेश १ मा ६ जना विरामी

२ चैत, काठमाडौं ।  गर्मी सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएका छन् ।

Advertisement

प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो । महाशाखाले डेंगीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताएको छ ।

पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न आग्रह गरिएको छ । टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन् । आर्थिक वर्ष २०७५÷०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top