सार्वजनिक जग्गाको अवस्था बुझ्न अनुगमन

८ चैत ७४, शुक्रबार

काठमाडौँ, चैत ९
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन् । व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य आज कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्तनगर पुगे ।

प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुगेका हुन् । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ रोपनी सार्वजनिक जग्गा रहेको ठहर गरिएको छ ।

संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रुपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रहनुपर्ने भन्दै जसरी पनि नागरिकको उपयोगमा रुपान्तरण गर्ने प्रमुख शाक्यले बताए ।

Advertisement

संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भएको छैन । ‘अवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन अघि बढिरहेको छौँ, कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइयो, अब भटाभट काम गर्छौ’ उपप्रमुख खड्गीले भनिन् ।

वडा नं ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा आठ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिए । उक्त जग्गा आज नै नापी कार्यालयका अधिकारीको सहयोगमा नापजाँच भएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top