विराटनगर, चैत १०
हुलाक सेवालाई समयसापेक्ष र प्रभावकारी रुपमा विकास गर्दे लैजानु पर्नेमा आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
पूर्वाञ्चल क्षेत्रीय हुलाक कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले हुलाक सेवालाई समयसापेक्ष बनाएर लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक राजन पौडेलले चिट्ठीपत्रको आदानप्रदानमा केही कमी आए पनि पार्सल, निवेदन तथा टिकटको संकलन भने बढ्दै गएको बताए ।
देश संघीयतामा गैसकेकाले हुलाक सेवालाई प्रभावकारी रुपमा कसरी अगाडि लैजान सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको पनि जानकारी दिए ।
कार्यक्रममा १५ वटा जिल्लाका हुलाक अधिकृतहरुले आआफ्ना जिल्लाको बस्तुगत अवस्थाका बारेमा महानिर्देशकलाई जानकारी गराएका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय हुलाक कार्यालयका निर्देशक गोपाल शर्माको पनि सहभागिता थियो ।