कोरोनाभाइरसः इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ नाघ्यो

८ चैत्र, एजेन्सी ।
कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ। स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन्।

Advertisement

शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ। त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ।

फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन्। त्यस्तै शुक्रबार बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ।

Advertisement

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा शुक्रबार मात्रै १४९ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ३३ पुगेको छ भने १९ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि शुक्रबार अहिलेसम्मकै बढी ५४ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै अमेरिकामा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय १४ रहेको छ।

त्यस्तै शुक्रबार चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ भने त्यस्तै ४१ जनामा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१ हजार ८ जनामा संक्रमण देखिएको छ।

पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७१ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top