हुम्लामा ५० बेडको क्वारेनटाइन स्थापना गरिने

९ चैत ७६, सोमबार

१० चैत्र, सिमकोट ।
हुम्लामा ५० बेडको क्वारेनटाइन स्थापना गरिने भएको छ ।

सम्भावित कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला सदरमुकाम सिमकोटमा ५० बेडको क्वारेनटाइन स्थापनाका लागि काम अघि बढाइएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।

क्वारेनटाइनका लागि आवश्यक खाट, बेडसेट, उपकरण, औषधी र अन्य सामानको व्वस्थापनको काम भइरहेको उनले बताइन् । क्वारेनटाइनका लागि आवश्यक घरको खोजी पनि सुरु भएको छ ।

Advertisement

बैठकले हरेक गाउँपालिकामा पनि क्वारेनटाइनको स्थापना गर्नु पर्ने निर्णय गरेको छ । चीनसँग सिमाना जोडिएका ताँजाकोट र चंखेली गाउँपालिकाका सिमा नाकामा चिकित्सकसहितको हेल्थ डेस्क स्थापनाका लागि कर्णाली प्रदेश सरकारको सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारी र शिक्षकहरुलाई कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउन खटाउने, सबै कार्यालयहरुले सरसफाई गर्ने, प्रवेशद्वारमा सेनिटाईजर वा साबुन पानीको व्यवस्था गर्नु पर्ने, होटेल, लजमा ज्वरो नाप्ने उपकरणको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय पनि भएको प्रजिअ भट्टराइले बताइन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top