नेपाली सेनाका देशभरका ब्यारेक ‘लक-डाउन’

Share this
764shares

१० चैत, काठमाडौँ ।
नेपाली सेनाले देशभरका पृतनाहरुलाई आन्तरिक सर्कुलर गर्दै फौजलाई ब्यारेकबाट बाहिर जान निषेध गरेको छ । कोरोना भाईरसको सम्भावित संक्रमण नियन्त्रण गर्न सैनिक मुख्यालयले आठ वटै पृतना तथा त्यस मातहतका युनिटहरुलाई सम्भावित फौजलाई बाहिर निस्कन निषेध गरेको हो ।

Advertisement

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने,‘ब्यारेकभित्रका सबै सक्कल दर्जाहरुलाई भित्रै रहने गरी लक डाउन गरिएको छ।’ लक डाउनसँगै ब्यारेक हाताभित्र रहेका सबै तहका सैनिकको खाटको दूरी पनि एक मिटर टाढा राख्ने गरी व्यवस्था गरिएको छ। अति आवश्यक काममा बाहिर निस्कनु परे कमाण्डरको अनुमति र स्वास्थ्यकर्मीबाट अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्ने व्यवस्था मिलाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top