×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

अमेरिकाको न्युयोर्कमा दुई जना नेपालीमा कोरोनाको संक्रमण

११ चैत्र २०७६

११ चैत, एजेन्सी । अमेरिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको न्युयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक संक्रमित भएका हुन् ।

ज्याक्सन हाइटमा केही वर्षदेखि बस्दै आएका दुई सन्तानका पिता एक साताअघि नियमित ज्वरो आउनुका साथै खोकी लागेपछि क्विन्सको एल्महस्ट अस्पताल भर्ना भएका थिए । शंकापछि उनको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसको पाँच दिनपछि उनी संक्रमित भएको रिपोर्ट आएको हो ।

Advertisement
Advertisement

परिवारका सदस्यले जनाएअनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखिएको छ । कसैलाई प्रत्यक्ष भेट गर्न नदिए पनि अस्पतालले परिवारलाई भने बिरामीको स्थितिबारे नियमित जानकारी दिइरहेको छ । चार सदस्यीय उनको परिवारका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन । परिवारका सबै सदस्य अहिले घरमै छन् । संक्रमित युवक पहिलेदेखि नै मधुमेह पीडित थिए ।

त्यसैगरी अर्का ट्याक्सी चालक पनि उक्त अस्पतालमा उपचाररत छन् । दुई साताअघि ट्याक्सी चलाउन छाडेका उनी एक्कासि ज्वरो आएपछि आफूले नियमित जँचाउने चिकित्सककहाँ पुगेका थिए । फलोअपपछि एन्टिबायोटिक सेवनले झनै थलिएका उनी एल्महस्ट अस्पतालको आकस्मिक कक्षमा गएका थिए । परीक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको परिवारले जनाएको छ ।

तीन साताअघि पहिलोपटक कोरोना भाइरसबाट पीडित देखिएको न्युयोर्क राज्य आइतबारको आँकडासँगै अमेरिकाको सबैभन्दा बढी संक्रमित क्षेत्र बनेको छ । संक्रमितको संख्या १५ हजार नाघेको छ । १ सय १४ जनाको मृत्यु भइसकेको छ । न्युयोर्क राज्यको यो आँकडामध्ये करिब ११ हजार जना न्युयोर्क सहरमा मात्रै संक्रमित छन् । आइतबार जारी गरिएको तथ्यांकअनुसार अहिलेसम्म न्युयोर्क सहरका ४ सय ५० आईसीयू कक्षमा १ हजार ८ सय जना संक्रमितको उपचार भइसकेको छ ।

Advertisement

न्युयोर्क सहरका मेयर बिल दे ब्लासिओले आगामी १० दिनभित्र उपचारका लागि अत्यावश्यक सामान कमी हुन सक्ने चेतावनी दिँदै उचित पहल नभएको भन्दै संघीय सरकारको आलोचना गरेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top