११ चैत, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका ६० बर्षीय धनबीर कामी मृत फेला परेका छन् ।

चैत्र ५ गते दिउँसो घरबाट निस्किएका धनबीर चैत्र १० गते दिउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा मृत फेला परेका हुन् ।

घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया गरिरहेको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेत अनुसन्धान टोली खटाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top