आज (बुधबार) विहान ८ बजेसम्मको तथ्याङ्क अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट दुई हजार ३७३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसका कारण इटालीमा ज्यान गुमाउनेको संख्या अत्यासलाग्दो गरेर बढिरहेको छ । गएको २४ घण्टामा इटालीमा कोरोनाबाट सबैभन्दा बढी ७४३ जनाको ज्यान गएको छ ।
अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८२० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलले जनाएका छन् । त्यहाँ ६९ हजार १७६ जना संक्रमितको उपचार भइरहेको छ ।

अहिलेसम्म विश्वका १९७ देशमा कोरोना संक्रमण फैलिइसकेको छ । विश्वका चार लाख २२ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक लाख आठ हजार ८७९ जना भने उपचार पछि निको भएका छन् ।



