×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

प्रदेश ५ मा कोरोना विशेष अस्पताल आजदेखि सञ्‍चालन

१२ चैत्र २०७६

१२ चैत्र, दाङ ।
प्रदेश ५ सरकारले दाङको बेलझुन्डीमा सञ्‍चालन गरेको कोरोना विशेष अस्पताल आजदेखि सञ्‍चालनमा आएको छ ।

एक सय बेड क्षमताको बनाउने गरी आज ३० बेडबाट उपचार सुरु गरिएको प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बाह्रखरीलाई जानकारी दिए ।

Advertisement
Advertisement

कोरोना आशंका गरिएका तथा संक्रमितलाई यहाँको आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरी अस्पताल स्थापना गरिएको हो । आजदेखि नै कोरोनाको आशंका गरिएकालाई राख्‍न सुरु गरिएको अस्पतालले जनाएको छ ।

आयुर्वेद शिक्षण अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरिएको हो । यस अस्पतालमा प्रदेश सरकारले जनशक्तिको व्यवस्थापन गरेको जनाएको छ ।

आयुर्वेद शिक्षण अस्पतालमा रहेका बेडहरु यथावत राखी अन्य बेड थपेर प्रदेश स्तरको कोरोना अस्पताल निर्माण गरिएको हो । प्रदेश ५ सरकारले यसअघि रुपन्देही र बाँकेमा तीनवटा कोरोना विशेष अस्पताल सञ्‍चालन गरिसकेको छ ।

बेलझुन्‍डीमा स्थापना गरिएको अस्पतालमा काम गर्ने चिकित्सकसहितको टिमलाई शतप्रतिशत भत्ताको व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले बताए ।

Advertisement
Advertisement

मन्त्री केसीले अहिलेसम्म प्रदेश ५ मा ३७ जनामा कोरोनाको परीक्षण गरिएकामा सबै नेगेटिभ भेटिएको पनि जानकारी दिए । योसँगै प्रदेश सरकारले प्रदेश ५ मा चारवटा कोरोना विशेष अस्पताल सञ्‍चालनमा ल्याएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top