टि-ट्वान्टी वरियतामा नेपाल १५ औं स्थानमा यथावत

टि-ट्वान्टी वरियतामा नेपाल १५ औं स्थानमा यथावत

१२ चैत, काठमाडौँँ ।
आइसिसी टि–ट्वान्टी वरियतामा नेपाल यथावत रहेको छ । आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको हो । अघिल्लो महिनामा पनि नेपाल यहि स्थानमो थियो । गत महिनाको वरियतामा भने नेपाल ३ स्थान तल झरेको थियो ।

नयाँ टि ट्वान्टी वरियतामा पाकिस्तान शीर्षस्थानमा छ । अष्ट्रेलिया दोस्रा, इग्ल्यान्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाचौं स्थानमा छन् । त्यस्तै न्यूजिल्यान्ड छैटौं, अफगानिस्तन सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, वेस्ट इन्डिज दसौं स्थानमा छ ।

त्यस्तै नेपालभन्दा माथि जिम्बावे ११ औं, स्कटल्यान्ड १२ औं, आयरल्यान्ड १३ औं र यूएई १४ औं स्थानमा छ । आइसिसी वरियतामा ८७ राष्ट्र छन् । एक दिवसिय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.