मोरङमा लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रण

१३ चैत ७६, बिहीबार
Share this
734shares

१३ चैत, विराटनगर।
सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न ठाउँमा लकडाउन उल्लंघन गर्नेहरुबाट सो संख्याका सवारी साधनहरु नियन्त्रणमा लिईएको हो ।

Advertisement

नियन्त्रणमा लिईएकाहरु मध्ये मोटरसाईकल–७०, ट्रयाक्टर २, सिटीरटेम्पो–५, स्कुटी–२ र साईकल ९ वटा रहेका छन् । विश्वभर फैलिरहेको कोरोना भाईसरको नियन्त्रण तथा रोकथामका लागि सरकारले यही ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनमा सरकारले अत्यावश्यक कामका लागि वा अत्यावश्यक सेवा प्रवाहका लागि मात्र बाहिर निस्कन अन्यथा घरमै बस्न सरकारले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top