१७ चैत, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवती र एक यवक रहेका छन् ।
बिरामी युवतीलाई आइतबार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा ज्वरो र निमोनिया देखिएको थियो । यस्तै, मृत्य भएका युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुवै जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।
कोरोना परीक्षणका लागि उनीहरुको स्याम्पल टेकु अस्पतालमा पठाइएको अस्पताल स्रोतले जनाएको छ । मृत युवक केहीदिन अघि मात्रै भारतबाट आएका थिए ।

