अलीलाई पदबाट तत्काल हटाउन कांग्रेस नेता कोइरालाको माग

२१ चैत, विराटनगर । असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तत्काल हटाउन कांग्रेस नेता शेखर कोइरालाले माग गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन मिडियाको साइट ह्याक गर्ने अलीलाई पद मुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

अलीको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौं प्रेस’ को साइट ह्याक गरी समाचार हटाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘संसारमै नहुने यस्तो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संसारमा कही र कतै पनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्।’

सिरान टेक्नोलोजीले घटनाप्रति माफी मागिसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनुको विकल्प नरहेको कोइरालाले जनाएका छन् । अलीको कम्पनीसँग २२ वटा वाणिज्य बैंक र २६ वटा वित्तिय संस्थाको गेटवे रहेकाले लाखौं नेपालीले आफ्नो दुःख, परिश्रम गरी जम्मा गरेको अर्बौ रूपैयाँ जोखिममा रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top