‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निदेर्शन

२४ चैत ७६, सोमबार
Share this
749shares

२४ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् ।

Advertisement

अष्ट्रेलियन दूतावासले आफ्ना नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’ मा एजेन्टको रूपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगम नेतृत्वलाई निर्देशन दिएको मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई एजेन्टलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न निर्देशन पनि दिएका छन्।

Advertisement

मन्त्री भट्टराईले निगमको नेतृत्वलाई बोलाएर विषय स्पष्ट पार्न भनेपछि निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रको कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो ।

तर, मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया सबै स्पष्ट पार्न निर्देशन दिएका छन्। नियतवस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारबाहीको दायरामा ल्याउने चेतावनी मन्त्रीले दिएका छन् ।

Advertisement

बोन ट्राभलसँग एयरलाइन्सले प्रति घन्टा १८ हजार १ अमेरिकी डलरका दरले सम्झौता गरेको थियो। एयरलाइन्सका अनुसार यो उडान २५ घन्टा २५ मिनेटको भएको थियो। यसअनुसार नेपाल एयरलाइन्सले ४ लाख ५७ हजार २५ डलर पाउने छ। उक्त रुपैयाँ ५ करोड ४८ लाख ४३ हजार हुन्छ।

यसमा बोनले अब टिकेटिङको कमिसनबापत् जम्मा मूल्यको ५ प्रतिशत अर्थात् २७ लाख ४२ हजार १५० रुपैयाँ कमिसन सिधा कमिसन पाउँछ। यसमा एजेन्सीले टिकेटिङको सेग्मेन्ट आम्दानी पनि पाउँछ। उसले यसमा प्रतिसेग्मेन्ट प्रतिटिकट ५ डलर पाउँछ। अर्थात् २५७ टिकटबाट २ सेग्मेन्टको ३ लाख ८ हजार रुपैयाँ छुट्टै पाउँछ।

यस हिसाबले एजेन्टले सोझै कमाउने रकम ३० लाख बढी हुन्छ। यसबाहेक उसले थप आम्दानी गर्छ। जस्तो जहाजको चार्टर्ड गर्दा सबै सिट उसैको अधिकार हुन्छ। उसले सिटको अधिकतम बिक्री गरेर पनि थप आम्दानी गर्छ। नेपाल एयरलाइन्सको जहाज चार्टर्डमा पनि बोन ट्राभलले यसरी थप ७ लाख आम्दानी गरेको छ। यो सबै हिसाबले ट्राभलले ३७ लाख बढी आम्दानी गरेको छ।

नेपाल एयरलाइन्सले एजेन्ट अस्वीकार गरेको भए एक रुपैयाँ पनि बाहिर दिनु पर्थेन। एजेन्ट स्वीकार गरेर ३७ लाख बढी गुमाउने अवस्था आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top