Nepal Times
Nepal Times
3
Shares

पुराणबाट रु १२ लाख संकलन

पुराणबाट रु १२ लाख संकलन

इलाम, चैत १४
इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ । अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो ।

साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् । पुराणमा करीब १२० बोरा सिमेन्टसमेत विभिन्न दाताले सहयोग गरेका छन् । पुराण समापनका अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पुराण आयोजक समितिले धन्यवाद दिनाका साथै सम्मानसमेत गरिएको पण्डित बुद्धिप्रकाश लुइँटेलले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.