अलपत्र परेकाहरुलाई घर फर्कने व्यवस्था मिलाउन महतको आग्रह

२६ चैत ७६, बिहीबार

२७ चैत्र, काठमाडौँ ।
मुलुकका विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई तत्काल घरसम्म पुर्‍याउने व्यवस्था गर्न नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारलाई आग्रह गरेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर ‘लकडाउन’ जारी राखेपछि विभिन्न जिल्लामा रोकिएका मानिसहरुलाई आ–आफ्नो घर पुग्ने व्यवस्था मिलाउन महतले आग्रह गरेका हुन् ।

लकडाउन घोषणापछि बेरोजगार भएका हजारौँ मजदूरहरु विभिन्न ठाउँमा अलपत्र परेका छन् । कतिपय घण्टौँ लामो दूरीमा पैदल यात्रा समेत गरिरहेका छन् । उनीहरुलाई आ–आफ्नो घरसम्म पुग्ने व्यवस्था मिलाउन कांग्रेस नेता महतले आग्रह गरेका हुन्।

Advertisement

‘लकडाउन भएपनि मुलुकभित्रै अलपत्र परेकाहरुलाई घर फर्कने व्यवस्था मिलाउन पर्छ’, महतले भने, ‘उनीहरुलाई अलपत्र पर्न दिनुहुँदैन ।’ अझै कति दिन लकडाउन लम्बिने हो थाहा नभएका बेला अलपत्र परेकाहरुको उद्दार गर्न नेता महतले सरकारलाई आग्रह गरे ।

उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि अति आवश्यक काम बाहेक घरबाहिर ननिस्किन पनि सबैलाई आग्रह गरेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top