किसानहरुले लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने

२८ चैत, जनकपुर । प्रदेश २ सरकारले किसानहरुले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि कर्मका लागि किसानहरुले लिएको ५ लाख रुपैयाँसम्मको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको हो ।

त्यसैगरी पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम ब्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

Advertisement

यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्तसमेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ । बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top