किशोर विश्वकर्मा
विराटनगर, चैत १४
मोरङको करेबारी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ११ सदस्यीय गाउँपालिका कार्य समिति गठन गरिएको छ ।
सो गाउँपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरि गाउँपालिका सभाहलमा भएको प्रथम गाउँ उद्यमी भेलाले नारायण राईको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रमेश चेम्जोङ, सचिवमा धु्रबराज राई, सह–सचिवमा राजनकुमार मगर र कोषध्यक्षमा फुलमाया मगर चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा हर्कबहादुर राणा, निर्मला राई, लिला मगर, खड्ग महत, फिफराज लिम्बु र राम बहादुर मगर चयन भएका छन् ।
केराबारी गाँउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीको प्रमुख आतिथ्यता र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा महासंघका केन्द्रीय सदस्य महेश आचार्य, महासंघ मोरङका सचिव गोपाल काफ्ले, शुन्दर हरैँचा नगर समितिका अध्यक्ष महेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो ।
सो अबसरमा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले उक्त क्षेत्रमा छरिएर रहेका उद्यमी तथा व्यवसायीलाई खुल्ला रुपले आफ्ना उद्योग तथा व्यवसाय दर्ता गराई सञ्चालन गरेमा सरकारबाट प्राप्त हुने सेवा सुविधा लिन सकिने बताए । उनले नव गठित महासंघको गाउँपालिका समिति सँग केराबारी गाउँपालिकाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
भेलालाई सम्बोधन गर्दै केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले महासंघको नव गठित गाउँपालिका समितिलाई समेत गाउँपालिकाको राजश्व परामर्श समितिमा प्रतिनिधित्व गराई कृषि क्षेत्रमा संलग्न महिलाई उद्यमशिलता तर्फ आकर्षित गरिने बताईन् ।
सो अबसरमा महासंघका केन्द्रीय सदस्य महेश आचार्यले देशभरीका उद्यमीहरुलाई महासंघ मार्फत संगठित गर्नका लागि सवै स्थानिय तहमा महासंघका स्थानिय कमिटिहरु गठन गरिने अभियान स्वरुप केराबारी गाउँपालिकामा समेत गाउँपालिका समिति गठन गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघल मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाले घरेलु उद्यमीहरुका लागि महासंघले प्रविधि हस्ताननान्तरणमा सहयोग गर्दै आएको जानकारी दिए ।
उनले महिला उद्यमी कोष मार्फत सञ्चालन हुने कार्यक्रममका लागि महासंघले समन्वय गरि अगुवाई गरिरहेको समेत बताए ।
कार्यबाहक अध्यक्ष निरौलाले गतवर्ष साउनमा आएको बाढीका कारण उद्यमीहरुले ठुलो क्षति व्यहोर्नुपरेको बताउँदै बाढीबाट भएको क्षतिको तथ्यांक संकलन गरि क्षतिपुर्तिका लागि सरकार सँग माग गरिएको जनकारी दिए ।
उनले नयाँ उद्यमीहरुका लागि उद्योग दर्ता तथा विभिन्न विषयमा सहजिकरण गर्नका लागि घरेलु कार्यालयमा महासंघको पहलमा सहयोग कक्ष स्थापना गरिएको बताए ।
कार्यबाहक अध्यक्ष निरौलाले जिल्लाका सवै उद्यमीहरुलाई महासंघ मार्फत संगठित गराउन जिल्लाका १७ वटै स्थानिय तहमा महासंघको शाखा कमिटिहरु गठन गरिने लक्ष्य अनुरुप केराबारी गाउँपालिका समिति गठन गरिएको जानकारी दिए । उनले उक्त कमिटिहरु मार्फत घरेलु तथा साना उद्योगीका साझा एजेण्डा बनाएर अघि बढ्ने महासंघको योजना रहेको बताए ।