×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

केराबारी गाउँपालिकामा घरेलु महासंघको समिति गठन

१४ चैत्र २०७४

किशोर विश्वकर्मा
विराटनगर, चैत १४
मोरङको करेबारी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ११ सदस्यीय गाउँपालिका कार्य समिति गठन गरिएको छ ।

 

Advertisement
Advertisement

सो गाउँपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरि गाउँपालिका सभाहलमा भएको प्रथम गाउँ उद्यमी भेलाले नारायण राईको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रमेश चेम्जोङ, सचिवमा धु्रबराज राई, सह–सचिवमा राजनकुमार मगर र कोषध्यक्षमा फुलमाया मगर चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा हर्कबहादुर राणा, निर्मला राई, लिला मगर, खड्ग महत, फिफराज लिम्बु र राम बहादुर मगर चयन भएका छन् ।

केराबारी गाँउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीको प्रमुख आतिथ्यता र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा महासंघका केन्द्रीय सदस्य महेश आचार्य, महासंघ मोरङका सचिव गोपाल काफ्ले, शुन्दर हरैँचा नगर समितिका अध्यक्ष महेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो ।

सो अबसरमा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले उक्त क्षेत्रमा छरिएर रहेका उद्यमी तथा व्यवसायीलाई खुल्ला रुपले आफ्ना उद्योग तथा व्यवसाय दर्ता गराई सञ्चालन गरेमा सरकारबाट प्राप्त हुने सेवा सुविधा लिन सकिने बताए । उनले नव गठित महासंघको गाउँपालिका समिति सँग केराबारी गाउँपालिकाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।


भेलालाई सम्बोधन गर्दै केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले महासंघको नव गठित गाउँपालिका समितिलाई समेत गाउँपालिकाको राजश्व परामर्श समितिमा प्रतिनिधित्व गराई कृषि क्षेत्रमा संलग्न महिलाई उद्यमशिलता तर्फ आकर्षित गरिने बताईन् ।

सो अबसरमा महासंघका केन्द्रीय सदस्य महेश आचार्यले देशभरीका उद्यमीहरुलाई महासंघ मार्फत संगठित गर्नका लागि सवै स्थानिय तहमा महासंघका स्थानिय कमिटिहरु गठन गरिने अभियान स्वरुप केराबारी गाउँपालिकामा समेत गाउँपालिका समिति गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघल मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाले घरेलु उद्यमीहरुका लागि महासंघले प्रविधि हस्ताननान्तरणमा सहयोग गर्दै आएको जानकारी दिए ।

उनले महिला उद्यमी कोष मार्फत सञ्चालन हुने कार्यक्रममका लागि महासंघले समन्वय गरि अगुवाई गरिरहेको समेत बताए ।

कार्यबाहक अध्यक्ष निरौलाले गतवर्ष साउनमा आएको बाढीका कारण उद्यमीहरुले ठुलो क्षति व्यहोर्नुपरेको बताउँदै बाढीबाट भएको क्षतिको तथ्यांक संकलन गरि क्षतिपुर्तिका लागि सरकार सँग माग गरिएको जनकारी दिए ।

उनले नयाँ उद्यमीहरुका लागि उद्योग दर्ता तथा विभिन्न विषयमा सहजिकरण गर्नका लागि घरेलु कार्यालयमा महासंघको पहलमा सहयोग कक्ष स्थापना गरिएको बताए ।

Advertisement

कार्यबाहक अध्यक्ष निरौलाले जिल्लाका सवै उद्यमीहरुलाई महासंघ मार्फत संगठित गराउन जिल्लाका १७ वटै स्थानिय तहमा महासंघको शाखा कमिटिहरु गठन गरिने लक्ष्य अनुरुप केराबारी गाउँपालिका समिति गठन गरिएको जानकारी दिए । उनले उक्त कमिटिहरु मार्फत घरेलु तथा साना उद्योगीका साझा एजेण्डा बनाएर अघि बढ्ने महासंघको योजना रहेको बताए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top