काठमाडौको भृकुटी ट्रष्टले कोशी अस्पताललाई दियो ५० सेट पीपीई

३० चैत ७६, सोमबार

३० चैत, विराटनगर। विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरिएको छ ।

काठमाण्डौमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले आईतवार उच्च गुणस्तरका ५० थान पिपिई सेट सामाग्रीहूतानत्रण गरेको हो। जसमा पिपिई सिट ५० थान, एन ९५ मास्क ५० थान, स्यानिटाईज गरेर पुन प्रयोग गर्न मिल्ने १० थान चश्मा, ५० थान ग्लोब्स, ५० थान हेयर कभर, ५० थान बुट कभर रहेका छन ।

दिगो विकास ईन्स्टिच्युटका अभिषेक श्रेष्ठले भृकुटी देवि ट्रष्टको सहयोगमा आईतबार कोशी अञ्चल अस्पतालकि निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता कौशल मिश्र लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सामाग्री हस्तान्तरणका लागि विराटनगरका युवा अभियान्ता अभिषेक भट्टराई र अस्पतालका कर्मचारि सुरेश रेग्मीले स्थानिय रुपमा संयोजन गरेका थिए ।

Advertisement

हाल कोशी अस्पतालले विराटनगरमा कोभिड अस्पताल समेत सन्चालन गरिरहेको र नियमित रुपमा अस्पताल को सेवा प्रवाह गर्न चिकित्सकका लागि अत्यावश्यक रहेकोले उक्त सामान प्रदान गरिएको हो ।

काठमाडौ बाट ल्याएको उक्त सामाग्री प्रदेश नम्बर १ मा रहेका ईनरुवा अस्पताल, उर्लाबारी अस्पताल, मेची अस्पताल र कोशी अस्पतालमा वितरण गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top