पेप्सिकोलामा संक्रमितकोमा काम गर्ने दुई जनाको पनि स्वायव परीक्षण हुँदै

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमाछोरामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरूको घरमा काम गर्ने दुई जनाको पनि स्वायव परीक्षण गरिने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उनीहरूको स्वाब निकाल्ने तयारी भइरहेको छ । ती कामदारहरू अहिले सनसिटी अपार्टमेन्टभित्रै रहेको मेयर थापाले जानकारी दिए ।

उनीहरू अपार्टमेन्टमै बस्थे कि बाहिर कुन ठाउँमा बस्थे भन्ने खुलिसकेको छैन। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

Advertisement

हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल र प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतले जानकारी दिएका छन् ।

अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top