सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई

२ वैशाख, काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई गरेको छ ।

कागेश्वरी नगरपालिका–९ मा रहेका अत्यावश्यक खाद्यन्न पसल, डेरी र तरकारी पसल मात्र बिहान ४ बजदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खडकाले एक सूचना जारी गर्दै मासु पसल घुम्ती ठेलागाडा फुटपात पसल अर्को सूचना प्रकाशित नभएसम्म नखोल्न आग्रह गरेका छन् । अहिले सनसिटी अपार्टमेन्ट आसपासमा कुनै पनि चहलपहल देखिँदैन ।

Advertisement

हिजो बेलुकादेखि नै सनसिटी अपार्टमेन्टलाई सिल गरिएको छ । सनसिटी परिसरमा हाल प्रहरी परिचालन गरिएको छ । सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top