क्वारेन्टाइन भवनको छतबाट हामफालेर भागेका नियन्त्रणमा

१ बैशाख ७७, मंगलबार

२ वैशाख, कञ्चनपुर ।
कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः मंगलबार क्वारेन्टाइनमा राखिएको छ।

गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए।

‘दुवै जनालाई घरमै फेलापारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ’, उनले भने। क्वारेन्टाइनको सुरक्षार्थ दुई जना सुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन्। क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

Advertisement

गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top