प्रदेश १ सरकारले सार्वजनिक गर्यो प्रदेशको योजना र बजेट तर्जुमा दिग्दर्शन

३ बैशाख ७७, बिहीबार

३ बैशाख, विराटनगर ।
प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् ।

बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताए ।

उनले यस अघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने बताए ।

सरकारले चाहेको आर्थिक संमृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताए ।

उनले अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताए । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामाना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत यो दिग्दर्शनले आधार तयार गरेको उनको भनाइ थियो ।

अहिले कोरोना भाइसरका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

कार्यक्रमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको बताए । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताए ।

भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पु¥याउनुपर्ने अवस्था आउनसक्ने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top