संयुक्त राष्ट्रसंघका कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिइने

४ वैशाख, काठमाडौं । सरकारले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ (युएन) का विभिन्न कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिने भएको छ।

बुधबार साँझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उनीहरूलाई नेपाल ल्याउन दिने निर्णय गरेको हो।

अफगानिस्तानमा दर्जन बढी नेपाली राष्ट्रसंघीय कार्यालयहरूमा काम गर्छन्। उनीहरूलाई स्वदेश फर्काउन राष्ट्रसंघले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पहल गरिदिन आग्रह गरेको थियो। दिल्लीको नेपाली दूतावासले अफगानिस्तान पनि हेर्छ।

Advertisement

चार्टर्ड फ्लाइट गर्न दुबै देशमा उडान अनुमतिदेखि बीचमा पर्ने देशमा पनि आकाश प्रयोग गर्न अनुमति लिनुपर्छ। ओडारीका अनुसार युएनको जहाजमा राष्ट्रसंघमा काम गर्ने अधिकारीहरू मात्र आउने छन्।

सरकारले अफगानिस्तानमा काम गर्न जान रोक लगाएको छ। तर गैरकानुनी हिसाबले सयौं नेपालीहरू काम गर्न अफगानिस्तान पुगेका छन्। त्यहाँ पुगेका नेपालीहरू विदेशी कूटनीतिक नियोग र अफगानिस्तानका खटिएका विदेशी सैनिक शिविरमा काम गर्छन्।

Advertisement

पछिल्लो समय अफगानिस्तानका कोरोना भाइरसका संक्रमित थपिँदै गएका छन्। बिहीबारसम्म त्यहाँ ७ सय ८४ जनामा कोरोना देखिएको छ भने २५ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top