कोरोनाको कहरमा अदालतः परीक्षण रिपोर्टपछि मात्र अभियुक्तको बयान गर्ने आदेश

३ बैशाख ७७, बिहीबार

४ वैशाख, काठमाडौं ।
कोरोना जाँच प्रतिवेदन साथमा पेस गरेपछि मात्र अभियुक्तको बयान गर्ने गरी काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ।

लिखतसम्बन्धी कसुरको एक मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले जाँच प्रतिवेदनपछि मात्र बयान गर्न आदेश दिएका हुन्। यसअघि सोमबार एक अभियुक्तले न्यायाधीश भट्टराईकै इजलासमा मास्क प्रयोग गर्न समेत अस्वीकार गरेका थिए।

प्रतिवादीहरु मनीष स्याङ्तान, सुजन गौतम रहेको लिखत बदर मुद्दामा भट्टराईले यस्तो आदेश गरेका हुन्।

Advertisement

आदेशमा भनिएको छ, ‘महामारीको अवस्थामा प्रतिवादीहरू हिरासतमा रहँदा निजहरूमा पनि सङ्क्रमण भए् नभएको वा फैलिए् नफैलिएको पत्ता लगाउन निजहरूको आरडीटी र पीसीआर वा अन्य उपयुक्त परीक्षण प्रविधिबाट परीक्षण भएको तत्कालको रिपोर्ट आएपछि सो रिपोर्ट साथै राखी प्रतिवादीहरूलाई बयानको लागि इजलाससमक्ष पेस गर्नू।’

सर्वोच्च अदालतले समेत बुधबार महान्यायाधिवक्ता कार्यालयलाई बयानका लागि अभियुक्त पेस गर्दा स्वास्थ्य जाँच प्रतिवेदन साथै ल्याउन पत्राचार गरेको थियो। गृह मन्त्रालयले कारागारमा पठाइने नयाँ कैदी बन्दीको पनि आधारभूत स्वास्थ्य जाँचको प्रबन्ध गर्न सम्बन्धित निकायहरुलाई पत्राचार गरिसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top