×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना

४ बैशाख २०७७

४ बैशाख, काठमाडौँ ।

‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन । अहिले मजदूर आउन थाले र निर्माण सामग्रीका लागि प्रशासनले पास उपलब्ध गरेकाले निर्माणको काम अघि बढेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

Advertisement
Advertisement

सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेपछि यहाँ कामका लागि वातावरण बनेको हो । ‘लकडाउन’ पहिले यहाँ काम गरिरहेका झण्डै ४० जना दोलखाका कामदार घर फर्किएका छन् । ती बाहेक कतिपय टाढाका जिल्लाका र कतिपय स्थानीय कामदार काममा लागेकाले अहिले निर्माण स्थलमा झण्डै दुई सय कामदार कार्यरत छन् । उनले भने, ‘गत सातादेखि नै नियमित रुपमा नै काम भइरहेको छ ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको दुई साता पहिलेको बैठकले आयोजनामा सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएकाले काम अघि बढिरहेको सिनियर डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । यहाँको निर्माणलाई आवश्यक पर्ने गिटिका लागि प्रशासनले क्रसर उद्योग समेत सञ्चालनको अनुमति दिएको थियो । उनले भने, ‘१२ ट्रकलाई अनुमति दिइएकामा तीनले विभिन्न स्थानबाट निर्माण सामग्री ल्याइरहेका छन् ।’

आयोजनाले यहाँको निर्माणलाई प्रशोधन केन्द्र, हेडबक्स र सुरुङमार्ग गरी तीन भागमा विभाजन गरेको छ । जसमध्ये सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेर परीक्षण भइरहेको छ । अहिले सुरुङ भित्र पनि निर्माणका धेरै काम सकिएकाले अन्तिम काम (फिनिसिङ) भइरहेको छ । अहिले सुरुङ भित्र गेटको काम, भित्तामा रड खुसार्ने काम र ती कतिको बलिया छन् भन्नेबारे अध्ययन भइरहेको छ । हेडबक्समा आवश्यक काम भइरहेको र सुन्दरीजलको प्रशोधन केन्द्रसम्म ल्याइने पाइप निर्माणको काम अघि बढेको छ । उनले भने, ‘हेडबक्समा काम बाँकी भएकाले त्यहाँ नियमित भइरहेको छ ।’

सङ्घीय सरकारले थोरै समयमै सम्पन्न हुनसक्ने आयोजनाका रुपमा निर्माण अघि बढाउने निर्णय गरेपनि स्थानीयवासी र हेलम्बु गाउँपालिकाले भने निर्माणस्थलमा हुने ओहोरदोहोरका कारण स्वास्थ्य जोखिममा हुने भन्दै चासो देखाइरहेका छन् । ‘लकडाउन’ घोषणा हुनासाथ महिला समूह निर्माण रोक्न भन्दै निर्माणस्थल पुगेको थियो । उनीहरुसँग वार्ता गरेर निर्माण अघि बढीरहेको थियो । बुधबारदेखि गाउँपालिकाको वडा नम्वर ४ ले निर्माणस्थलको प्रवेशद्वारमै तालाबन्दी गरेको उनले बताए ।

गाउँपालिकाले अत्यावश्यक खाद्यन्न र एम्बुलेन्स बाहेकका सवारीसाधन चल्न नदिने निर्णय गरेको थियो । सोहीअनुसार वडा कार्यालयले आफ्नो क्षेत्रमा अरु सवारीसाधन प्रवेशमा रोक लगाएको हो । निर्माण सामग्री हुँदा नियमित रुपमा काम गर्न कठीन नभएपनि निर्माण सामग्री ल्याउन स्थानीय सरकारको अवरोध आउने गरेको सिनियर डिभिजन इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, ‘सिमेन्ट लिन जाँदा त्यता रोकिने त कहिले निर्माणस्थल छिर्न कठीनजस्ता समस्या आइरहेको छ ।’

निर्माणस्थलमा रहेका सामग्री कति बाँकी छ भन्ने यकिन नभएपनि ती सामग्रीबाट केही समयसम्म काम गर्न सकिने बरिष्ठ डिभिजन इञ्जिनीयर श्रेष्ठले बताए । निर्माण कम्पनीले यहाँ रहेका सबै चिनियाँ र उपलब्ध नेपाली कामदारलाई काममा लगाइरहेको छ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । ‘लकडाउन’ पहिले केही चिनियाँ घर फर्किए पनि अधिकांश चिनियाँ निर्माणस्थलमै कार्यरत छन् । अहिले चिनियाँ दक्ष कामदार झण्डै ४० देखि ५० जनासम्म निर्माणस्थलमा रहेका छन् । उनले भने, ‘लकडाउनको शुरुदेखि अहिलेसम्म चिनियाँ नियमित काम गरिरहेका छन् ।’

नयाँ निर्माण कम्पनीले नियमित रुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्मम उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले केही महिना पहिले श्वेतपत्र जारी गर्दै असारसम्ममा पानी आइपुग्ने प्रतिबद्धता जनाएकी थिइन् । तत्काल काम पहिलेकै गतिमा गर्न सकेमा अहिले पनि लक्षित समयमै काम सकिने उनले बताइन् । अहिलेसम्म पनि काममा धेरै ढिला नभएकाले प्रशासनले र स्थानीय तहले सहयोग गर्दा अझै पनि असारमै काठमाडौँमा पानी झार्ने सम्भावना छ । उनले भनिन्, ‘अझै तीन महिना बाँकी भएकाले सरकारले विशेष महत्व दिएर काम गर्ने वातावातरण बनाउँदा गर्न सकिन्छ ।’

Advertisement

आयोजना यस अघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै दुई सयले काम गर्दै आएका थिए । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ । –सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top