Nepal Times
Nepal Times
3
Shares

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचीत

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचीत

म्यानमार, चैत १४
म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वा्चित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार थिए । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन् ।

सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वा्चित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो ।

म्यानमारको युनियन संसदले बुधबार उनलाई म्यानमारको राष्ट्रपतिमा निर्वा्चित गरेको हो । उनले म्यानमारको सभामुख भएर काम गरिकेका छन् । उनीसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गरेका थिए ।

म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गरेका थिए । उनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.