भेरी अस्पतालमा पीसीआर परीक्षण सुरु

६ बैशाख ७७, आइतबार

७ वैशाख, बाँके ।
भेरी अस्पताल नेपालगञ्जमा आइतबारदेखि कोरोना सङ्क्रमणको पीसीआर परीक्षण सुरु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिडेन्टेन्ट डा. प्रकाश थापाले आइतबारदेखि पीसीआर जाँच सुरु भएको जानकारी दिएका हुन्। शनिबार प्राप्त भएका ८ वटा स्याम्पलको जाँच भइरहेको प्रमुख थापाले जानकारी दिए ।

तीन सिफ्टमा दैनिक एकसय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राविधिक सहितको टोलीको सहयोगमा नेपालगञ्जमा पीसीआर जडान भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top