×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रामग्राममा वितरण गरिएको गुणस्तरहिन राहतको विषयमा अख्तियारले थाल्यो छानबिन

७ बैशाख २०७७

७ वैशाख, नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामग्राम नगरपालिकाले अघिल्लो साता विपन्न परिवारलाई वितरण गरेको खाद्य सामग्री गुणस्तरहिन भेटिएको विषयमा छानबिन थालेको छ ।

नगरपालिकाले २ हजार ३ सय विपन्न घरपरिवारलाई वितरण गरेको १० लाख मूल्य बराबरको खाद्य सामग्री सरकारले तोकेको मापदण्डभन्दा न्यून गुणस्तरको भएको विषयमा छानबिन थालेको हो । आयोगको बुटवल कार्यालयले खाद्यान्न खरिद निर्णय र टेण्डर प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

Advertisement
Advertisement

प्रवक्ता भुसालले त्यहाकक वितरित राहतमा गुणस्तरहीन खाद्यान्न वितरण गरिएको भन्ने सूचनाका आधारमा ४ दिनदेखि कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

वितरित खाद्य सामग्रीको नमुना जाककच गर्दा गुणस्तरहीन भेटिएकाले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी भुसालले दिए। गुणस्तरहीन खाद्यान्न खरिद निर्णय प्रक्रियामा सामेल सबैलाई भ्रष्टाचार मुद्दा चलाउने तयारीमा आयोग रहेको उनको भनाइ छ ।

निर्णय प्रकृयामा सामेल जनप्रतिनिधि र कर्मचारीको संलग्नताको प्रमाण भेटिएकाले उनीहरुविरुद्ध चाडै मुद्दा चलाउने उनले बताए। नगरपालिकाले परासीकै राजेश राइस मिलवाट १० लाखमा प्रति किलो ४० रुपैयाककका दरले २ सय ५० क्विन्टल चामल खरिद गरेर विपन्नलाई वितरण गरेको थियो ।

Advertisement
Advertisement

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र गुणस्तर तथा नापतौल कार्यलयले पनि छानबिन गर्दा सरकारले तोकेको भन्दा न्यून गुणस्तरको खाद्यान्न समाग्री वितरण गरेको पाइएको बताउककदै ३ दिनभित्र मुद्दा चलाउने तयारी गरेका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top