यो बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने होः प्रधानमन्त्री

७ बैशाख ७७, सोमबार

७ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमामा क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन सरकारले प्रयास गरेको स्पष्ट पारेका छन् ।

आइतबार सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइने नभएर कोरोनाबाट बच्ने रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश आउन पाउनुपर्छ ।

तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ । के सङ्क्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ? हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ ।

Advertisement

प्रम ओलीले केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइएको बताउँदै नेपालीलाई पारि पनि खानबस्न व्यवस्थाका लागि सरकारले सम्बन्धित सरकारसँग कुरा भएको बताए। ‘जसरी पनि आउनुपर्ने ? हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ ।

सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो,’ प्रम ओलीले स्पष्ट पारे । आफूले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा कुरा गरिरहेको पनि जानकारी दिए ।

Advertisement

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु । र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन् । त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top