कोरोनासम्बन्धी कुनै पनि कुरा सदस्य राष्ट्रसँग नलुकाएको डब्लुएचओको भनाई

९ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरससम्बन्धी कुनै पनि कुरा अमेरिकासँग नलुकाइएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन कोरोनाका विषयमा चीनको पक्षपाती बनेको र संक्रमणको व्यवस्थापनमा आधारभूत कदमहरू चाल्न चुकेको आरोप लगाएका थिए । उनले आरोपसँगै डब्लुएचओलाई दिदैं आएको आर्थिक सहयोगसमेत रोकेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस एडनोम गेब्रेयेसस्ले संगठनका कामहरूमा अमेरिकी प्राविधिक विशेषज्ञ महत्वपूर्ण रहँदै आएको बताउँदै कुनै सुचना नलुकाएको बताएका हुन् । उनको यस प्रतिक्रियालाई अमेरिकी राष्ट्रपतिले कोरोना महामारी व्यवस्थापनलाई लिएर गरेको आलोचनाको जवाफका रुपमा हेरिएको छ ।

Advertisement

जनवरीबाट अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी)का १५ कर्मचारीहरू विश्व स्वास्थ्य संगठनमा काम गरिरहेका छन् । यसमा लामो समयका लागि जिम्मेवारी दिइएका दुई अमेरिकी सरकारी अधिकारीसमेत सामेल छन् ।

टेड्रोसले मानिस र राजनीतिक पार्टीहरूबीचको फाटोले महामारीलाई बल र्पुयाइरहेको बताए । तर उनी यसमा विशिष्टिकृत चाँहि भएनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top