कोरोना आशंका गरिएका भुल्केका ८ जनाको नमूना यकिन गर्न धरान पठाइयो

८ बैशाख ७७, मंगलबार

९ वैशाख, विराटनगर ।
सोमबार उदयपुरको भुल्केबाट परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमूना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएको थियो । तीमध्ये ८ जनाको नमूना परीक्षण गर्दा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ। यकिन गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना परीक्षण गरिने भएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोहोर्‍याएर परीक्षण गर्न लागिएको हो।

Advertisement

उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए। संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न्। उनीहरु जेष्ठ नागरिक भएको जनाइएको छ।

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top