विरामी बोक्न सरकारी गाडी प्रयोग गरौँः डा.केसी

८ बैशाख ७७, मंगलबार

९ वैशाख, काठमाडौं ।
विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने डा. गोविन्द केसीले बताएका छन्।

कोरोना भाइरस नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो माग गरेका हुन्।  ‘सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन्। त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीमा विरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई अपिल गर्दछु’, डा. केसीले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्।

स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।’ उनले लकडाउनको अवस्थामा एम्बुलेन्स सबै विरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएको भन्दै यस्तो प्रस्ताव गरेका अघि सारेका हुन्।

Advertisement

विरामी निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन्’, उनले भनेका छन्, त्यस्ता विरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै बञ्चित भइरहेका छन्।’

सँगै केसीले विश्वव्यापी संकटलाई सबैले एकसाथ झेलिरहेको भन्दै यो लडाईंको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षाको कामनासमेत गरेका छन्। यो विश्वव्यापी संकटलाई हामी सबैले एकसाथ झेलिरहेका छौं र यसबाट पार पाउन समाजले गरिरहेको संघर्षमा हामी पनि साथमै छौं’, केसीले भनेका छन्, कोभिड–१९ विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी साथीहरु लगायत सबैको सुरक्षाको कामना।’

Advertisement

डडेलधुरा अस्पतालमा रहेर बिरामीको हेरचाह गरिरहेको बताउँदै केसीले आफूले ग्रामीण क्षेत्रका जनताको पीडालाई नजिबाट देखेको विज्ञप्तिमा उल्लेख गरेका छन्। हाल डडेलधुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै विरामीहरुको पीडा देखेको छु। यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो’, केसीले विज्ञप्तिमा भनेका छन्।

देश कोभिड–१९ को त्रासले आक्रान्त भएको र लकडाउनले सबै अस्पतालका सेवा प्रभावित हुँदा विपन्न वर्षका जनता मारमा परेको उनको ठहर छ। ‘यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको छ। लकडाउन लम्बिंदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ।

हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिहरुका बारेमा समाचारहरु आइरहेका छन्’, केसीले थप भनेका छन्, यो समयमा ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको समेत ध्यान पुगेको छैन। सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top