×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

काठमाडौंमा अलपत्र परेकालाई प्रहरीले घर जान दिएन

१० बैशाख २०७७

१० बैशाख, काठमाडौँ ।
काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा बुधबार पनि काठमाडौंको खडिबुटीमा मानिसहरु पुगेका थिए । तर प्रहरीले भने रोकेको छ ।

खासगरी मंगलबार राती रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो । तर, पनि मानिसहरु घर जाने भन्दै सयौंको संख्यामा जडिबुटी चोकमा भेला भएका थिए । तर, प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ–आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो । लकडाउन लागू भएको एक महिना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ । जसका कारण पनि काठमाडौंबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो । तर केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरुलाई गन्तब्य सम्म लैजादै आएका छन् ।

Advertisement
Advertisement

त्यसैले बुधबार पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरु जडिबुटी चोकमा दिउसो देखि नै पुगेका थिए । उनीहरुले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन् । खाद्य सामग्री र ग्यास किन्न पाइएपनि महँगो हुने र आफुहरुसँग पैसा नभएकोले समस्या परेको गुनासो उनिहरुको थियो । यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनीहरुले बताए ।

Advertisement

सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन् । प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरु अन्यौलमा परेका थिए । काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top