नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा

११ बैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ ।

बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top