सोलुमा बाख्रा चराउन गएका ब्यक्ति मृत फेला

१० बैशाख ७७, बिहीबार

११ वैशाख, सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशीगाउँपालिका ७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् ।

बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउनभनी जंगलतर्फ गएका राई बेलुका सम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा विहीबार बिहान ७ बजे थुलुङ दुध कोशी गाउँपालिका ८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top