×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कोरोनालाई जित्दा खुशीको सीमा रहेन…

११ बैशाख २०७७

११ बैशाख, भीमदत्तनगर ।

गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।

Advertisement
Advertisement

सोहीबेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुगे ।

गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पु¥याएको थियो । ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए ।

‘कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन’, १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।’ उनले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताए ।

‘डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो’, होम क्वारेन्टाइनमा रहेका विकले भने, ‘स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो ।’ यसअघि पाँच जना सङ्क्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन् । उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए ।

‘अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो’, उनले भने, ‘हिजो त मज्जाले निदाए ।’ घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् । ‘भाइबुहारी भारतमै छन्’, उनले भने, ‘घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ ।’

श्रीमान्लाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले सङ्क्रमणयता घरका सबै तनावमा बसेको बताए । ‘मजदुरी गर्न गएका श्रीमान् बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो ।’ उनले भने, ‘उपचारपछि निको भएर आएका श्रीमान्लाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।’

श्रीमानको स्वास्थ्यलाभका कामना गर्दै आफूले भगवान् पुकार्दै बसेको उनको भनाइ छ । उनले श्रीमान्को स्वास्थ्यलाभका लागि भन्दै भगवानसित भाकलसमेत गरेको बताइन् ।

त्यसैगरी इन्द्रका १२ वर्षीय छोरा विवेक विकले भने बुबा बिरामीपछि थला परेको घरको जिम्मेवारी सम्हालेका छन् । ‘आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सँधै रुनुहुन्थ्यो, खाना पनि नखाने’, बुबा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उनले भने, ‘मैले बुबाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।’

गाउँको रत्न माविमा कक्षा ५ मा अध्ययनरत बालक विवेकले घरमा रहेका आमा र बहिनीलाई ढाडस दिँदै आएको इन्द्रका फुपू नाता पर्ने चम्फा विकले बताइन् । ‘मेरो भदाको उपचारमा खटिने चिकित्सक त हाम्रो परिवारका लागि भगवान् नै हुन्’, उनले भनिन्, ‘मरे पनि छुन नपाइने भन्ने समाचार सुनेर सिङ्गो परिवार दुःखमा थियो ।’

उनले गाउँमा सञ्चो भएर फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ । ‘क्वारेन्टाइन बसेर उपचार गरी फर्किएकामा गाउँले दाजुभाइ पनि खुसी छन्’, उनले भनिन्, ‘घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो ।’

Advertisement

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए । ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो’, गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन् ।’ –शेरबहादुर सिंह/रासस 

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top