कोरोना सङक्रमित १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ

११ बैशाख ७७, शुक्रबार

११ बैशाख, बाग्लुङ ।

कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनीमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

‘बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ’, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छिन् । युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।

Advertisement

युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित हुनुभएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छिन् । नेपालमा कूल ४७ सङ्क्रमितमध्ये नौ कोरोनामुक्त भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top