प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

१२ बैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । विवादास्पद अध्यादेश खारेज भएकै दिन ओली र देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको हो ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।

कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए।

Advertisement

नेताहरुबीच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिपक्षसमेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।सरकारको सिफारिसमा आजै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिसकेकी छन्।

Advertisement

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने आजको छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । उनले प्रधानमन्त्रीले बोलाएर सभापति देउवा बालुवाटार आएको तर, के–के कुराकानी भयो भन्नेचाहिँ आफुलाई थाहा नभएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top