×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

निजी क्षेत्रको पहलमा सिंगापुरबाट आयो १० हजार थान पिसिआर कीट

१२ बैशाख २०७७

१२ बैशाख, काठमाडौँ । 

सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ दिएको छ ।

Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र श्री एयरलाइन्सका सुधिर मित्तल तथा महासंघका कार्यकारीणी सदस्य सुधिर आचार्यलगायत पहलमा आज कोरोना भाइरसको परीक्षणका लागि महत्वपूर्ण मानिएको पिसिआर किटलगायत अत्यावश्यक सामग्री आइपुगेको हो । ती सामान आयातका लागि सरकारको पहलमा निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले चार्टड उडान गरेको थियो ।

सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई कोरोना परीक्षणका लागि उपलब्ध गराएको मेडिकल सामग्री तथा गंगालाल अस्पताललाई जरुरी रहेको सामग्री चार्टड उडानमा ल्याइएको महासंघका कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए । सरकारलाई प्राप्त भएको तथा निजी क्षेत्रको पहलमा जम्मा गरिएको सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराइसकिएको आचार्यले जानकारी दिए ।

सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने जनाएको थियो । सरकारले भने राहत सामग्री लिनको लागि सिंगापुरतर्फ जहाज पठाउन विविध कारणले समस्या भएको थियो । त्यही समस्याको बीचबाट उद्योगी व्यवसायीको पहलमा नै अत्यावश्यक सामग्री ल्याइएको हो ।

आचार्यका अनुसार कूल १० हजार थान पिसिआर किट ल्याइएको छ । उपलब्ध गराउने कम्पनीका अनुसार ती सामानको मूल्य एक लाख ६० हजार अमेरिकी डलर बराबरको रहेको छ । कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक मानिएका सामग्री ल्याउन व्यवसायीले पहल गरेको हो । यस्तै डा.भगवान कोइरालाको अनुरोधमा एजी परीक्षण किटसमेत ल्याइसकिएको छ ।

मुटु रोगको उपचारमा ती सामग्री जरुरी पर्दछ । मुटु रोगका उपचार गर्ने अस्पतालका प्रयोगशालामा एजी किट सकिएपछि डा.कोइरालाको अनुरोधमा अत्यावश्यक सामग्री ल्याइएको हो । संकटको समयमा सबैले आफूले सकेको सहयोग गरौं भन्ने ध्येयका साथ आफूहरुले ती सामग्री ल्याएको कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए ।

नेपाललाई प्राप्त भएको अनुदानको पिसिआर रिजेन्ट ल्याउन श्री एयरलाइन्सको जहाज बिहिबार सिंगापुर उडेको थियो । श्रीको बम्बार्डियर सिआरजे–७०० सिंगापुर गएको थियो । बिहिबार साँझ नै उक्त जहाज फर्कने भनिएपनि केही ढिला गरी आज बिहान आइपुगेको हो । फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्री एयरलाइन्सले ३३ प्रतिशत भाडा आफैं ब्यहोर्ने भएको छ । पूर्व अध्यक्ष मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा र श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले ३३– ३३ प्रतिशत भाडा तिर्ने गरी ल्याइएको हो ।

Advertisement

अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको बताइएको छ । ‘विगत १५ दिनको लामो प्रयास पछि सामान ल्याउन सफल भइयो, हामीलाई असाध्यै खुसी तुल्याएको छ’ कार्यकारीणि सदस्य आचार्यले भने । यस्तै महासंघका पूर्व अध्यक्ष मुरारकाले पनि विपद्को समयमा आफूहरुले जिम्मेवारी बोध गरेर सामान ल्याउन पहल गरेको जानकारी दिए ।–रमेश लम्साल /रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top